नियम १२५
कार्य स्वीकार प्रतिवेदन
(१) सम्पन्न भएको निर्माण कार्य, आपूर्ति गरिएको
मालसामान वा प्रदान गरिएको सेवा स्वीकार्दा सोको कार्य स्वीकार प्रतिवेदन तयार गर्नु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा देहायका कुरा उल्लेख हुनु पर्नेछ ः—
(क) खरिद सम्झौता संख्या,
(ख) सम्पन्न भएको निर्माण कार्य, प्राप्त भएकोे मालसामान वा सेवाको
विवरण,
(ग) निर्माण कार्य सम्पन्न भएको वा मालसामान वा सेवा प्राप्त भएको
मिति,
(घ) सम्पन्न निर्माण कार्य, प्राप्त मालसामान वा सेवा स्वीकृत भएको
मिति ।
(३) उपनियम (२) बमोजिमको प्रतिवेदन तयार भएपछि आवश्यक प्रक्रिया पूरा
गरी भुक्तानीको लागि सम्बन्धित आर्थिक प्रशासन शाखा वा निकायमा अविलम्व लेखी
पठाउनुु पर्नेछ